काठमाडौँ भित्रिए २८ जिल्लाका मिटरब्याज पीडित

काठमाडौँ भित्रिए २८ जिल्लाका मिटरब्याज पीडित

केन्द्रबिन्दु
140
Shares

काठमाडौं । विभिन्न २८ वटा जिल्लाबाट हिँडेरै काठमाडौँ आइपुगेका मिटरव्याज पीडितहरुले आजदेखि निर्णायक आन्दोलनका लागि प्रदर्शन गर्ने जनाएका छन् । उनीहरु विभिन्न २८ वटा जिल्लाबाट काठमाडौँ प्रवेश गरेका हुन्। काठमाडौँका विभिन्न स्थानमा छरिएर रहेका पीडितहरुले आज प्रधानमन्त्री निवास बालुवाटार घेरा उगर्ने भएका छन् ।

करिब तीन हजारको संख्यामा रहेका उनीहरु पैदलै काठमाडौँ प्रवेश गरेका हुन् । उनीहरुले फर्जी तमसुक च्यातिनुपर्ने, चेकलाई अवैध घोषणा गरिनुपर्ने, उच्च स्तरीय आयोग गठन गरिनुपर्नेलगायतका माग अघि सारेका छन् ।

उनीहरुले आफ्नो कार्यक्रमको नाम ‘न्याय मार्च’ राखेका छन् । महाकाली–चितवन–काठमाडौंसम्म पैदल यात्रा गर्ने उनीहरुको घोषणा थियो । मिटर व्याज पीडित तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समिति गठन गरेर आन्दोलन थालेका हुन् ।

Logo