ट्रयाक्टर दुर्घटनामा दुई जनाको मृत्यु

ट्रयाक्टर दुर्घटनामा दुई जनाको मृत्यु

केन्द्रबिन्दु
126
Shares

मलङ्गवा (सर्लाही)। सर्लाहीको बरहथवामा बुधबार ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् ।

बरहथवा नगरपालिका-१५, प्रिपाभित्तास्थित बागमती नदीको नहरमा ट्याक्टर दुर्घटना हुँदा ट्रयाक्टर धनीसमेत रहेका चालक रौतहट जिल्लाको गढीमाई नगरपालिका-९ का ५५ वर्षीय जयलाल सहनी र सोही ठाउँका ५० वर्षीय रामनाथ सहनीको घटनास्थलमै मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता दिपेन्द्र पञ्जियार थारुले जानकारी दिए । उनका अनुसार घाइते भएका छ जनामध्ये दुईको अवस्था गम्भीर छ ।

रौतहटबाट सर्लाहीको हजरियातर्फ आएको ट्र्याक्टर अनियन्त्रित भई बागमती नदीको नहरमा खसेको प्रहरी प्रवक्ता थारुले बताए। ट्याक्टरमा लेखिएको नम्बर प्रस्ट नभएको उनले जानकारी दिए।

ट्र्याक्टर दुर्घटनामा गढीमाई नगरपालिका-९ बस्ने १२ वर्षीय किसन सहनी, ४८ वर्षीया गर्भी देवी, १७ वर्षीय आकाश सहनी, ४५ वर्षीय सुकल देवी, १६ वर्षीया अञ्चला कुमारी र १८ वर्षीया नितेश सहनी घाइते भएका छन्।

गम्भीर घाइते आकाश र किसनको वीरगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ। अन्य घाइतेको रौतहटको गौर गरुडामा उपचार भइरहेको प्रहरी प्रवक्ता थारुले जानकारी दिए।

Logo