सन्दीप लामिछानेले उच्च अदालतमा दिए पुनरावेदन

सन्दीप लामिछानेले उच्च अदालतमा दिए पुनरावेदन

केन्द्रबिन्दु
84
Shares

बलात्कार मुद्दामा दोषी ठहर क्रिकेटर सन्दीप लामिछानेले काठमाडौँ जिल्ला अदालतको फैसला बदरको मागसहित उच्च अदालत पाटनमा पुनरावेदन दिएका छन् । बिहीबार कानुन व्यवसायीका साथ सन्दीप आफैं उच्च अदालत पुगेर पुनरावेदन दिएका हुन् ।

कानूनी व्यवस्था अनुसार पाटनबाट उनले जेल बाहिर बसेर मुद्दा लड्न लिखित अनुमति पाएका छन् ।

पुस १३ गते काठमाडौं जिल्ला अदालतले सन्दीपलाई बलात्कार आरोपमा दोषी ठहर गरेको थियो । तर अदालतले सरकारी दावी विपरीत पीडित भनिएकी युवती १८ वर्षभन्दा बढी उमेरको भएको निष्कर्ष निकालेको थियो । सोही ठहरपछि त्यसै दिन उनलाई बढीमा १० वर्ष र कम्तिमा ७ वर्ष जेल सजाय हुने पक्का भएको थियो । पछि शिशिरराज ढकालको एकल इजलासले सन्दीपलाई ८ वर्ष कैद सुनायाे ।

फैसलाको पूर्ण पाठ तयार भएको ७० दिनभित्र पुनरावेदन गरिसक्नुपर्ने नत्र फैसला स्विकार गरेको ठहरिने कानुनी प्रावधान रहेको छ । न्यायाधिश ढकालले केही साता अघि फैसलाको पूर्ण पाठ तयार गरेका थिए । १० वर्षभन्दा कम सजाय हुने कसुर गरेकाले सन्दीपले जेल बाहिर बसेर यो मुद्दा लड्न सक्नेछन् ।

Logo