चितवनमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

चितवनमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

केन्द्रबिन्दु
322
Shares

चितवन। चितवनमा मोटरसाइकल दुर्घटना हुँदा शुक्रबार बिहानै एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा खैरहनी नगरपालिका–१० का ३४ वर्षीय दिलिप चौधरी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

चौधरी ना ४५ प ७७९८ नम्बरको मोटरसाइकलमा सुर्तनाबाट खैरहनी–१० कै कठार जाँदै थिए। तर, बाटोमा उनी चढेको मोटरसाइकल पल्टिएको र खुट्टा च्यापिएको अवस्थामा स्थानीयले भेटाएपछि बिहान पौने ६ बजे प्रहरीलाई खबर गरेका थिए।

दुर्घटनामा चौधरीको मृत्यु भएको र वरपर अर्को सवारी नदेखिएका कारण कसरी दुर्घटना भयो भन्नेबारे यकिन नभएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी श्रीराम भण्डारीले बताए। उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Logo