बुढीगंगा ट्रक दुर्घटना अपडेटः तीन जनाको मृत्यु, एकको अवस्था गम्भिर

बुढीगंगा ट्रक दुर्घटना अपडेटः तीन जनाको मृत्यु, एकको अवस्था गम्भिर

केन्द्रबिन्दु
0
Shares

मोरङ । मोरङको बुढीगंगा गाउँपालिका–४ मा मालबाहक ट्रक पल्टिँदा किचिएर घाइतेका तीन जनाको मृत्यु भएको छ ।

भारतीय नम्बर प्लेट नम्बर आर.जे. २९ जी.बी. १५६१ को मालबाहक ट्रक पसलमा पल्टिँदा किचिएर घाइते भएका चार जनामध्ये स्थानीय ४ वर्षीय निशान्त अधिकारी र इसिता अधिकारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नवराज कार्कीले बताए । उनीहरू जुम्ल्याहा दाजुबहिनी हुन् । त्यस्तै, किचिएर मृत्यु हुनेमा अर्की स्थानीय ७ वर्षीया रिमा खवाँस रहेकी छिन् ।

५८ वर्षीय ज्याती अधिकारी घाइते भएकी छिन् । ट्रकले किच्दा उनको दुवै खुट्टा भाँचिएको प्रहरीले जनाएको छ । ट्रक कसरी पल्टियो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Logo