आजको दिन कस्तो छ ? हेर्नुहोस् राशिफल

आजको दिन कस्तो छ ? हेर्नुहोस् राशिफल

केन्द्रबिन्दु
728
Shares

काठमाडाैँ। आज २०८० फागुन १२ शनिबार। २४ फेब्रुअरी २०२४।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आफ्नो चलाख्याईंले गर्दा सङ्कल्प सिद्ध हुनेछ। बन्धु बान्धवबाट सहयोग मिल्नेछ। शुभकार्यको चर्चा चल्नेछ। परोपकारमा रुचि बढ्नेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किलपर्ला। आज सामान हराउने योग छ। मन दुखित पनि रहला, तर बन्धुबान्धवबाट सहयोग मिल्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
समाजसेवामा मन लाग्नेछ। आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ। शत्रु पराजित हुनेछन्। धार्मिक कार्यमा मन जानेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ। नयाँ वस्त्र, अलङ्कारको प्राप्ति होला। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। धार्मिक कार्यमा मन जानेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज शुभकार्यको चर्चा चल्नेछ। नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ। आकस्मिक धन लाभ हुनेछ। प्रेमीको साथ र सहयोग पाइनेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज मन खिन्न हुने स्थिति आउनेछ। मानसिक चिन्ता र चञ्चलता बढेको महसुस हुनेछ। प्रेममा बाधाका साथै मन कमजोर रहला।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ। पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भइएला। बौद्धिक विकास होला। धार्मिक यात्राको योग छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज जोशजाँगर र हिम्मत बढ्नेछ। धर्मकर्म तथा समाजसेवामा मनलाग्ने छ। इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ। सन्तान सुख पनि मिल्नेछ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज मनमा शान्ति छाउला। कूटनीतिक नियोगको सहयोग मिल्ला। कार्यमा सफलता पाइनेछ। दिनको उत्तरार्धमा धन खर्च हुनेछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
सरकारी निकायको भय रहला । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला। राजनैतिक कार्यमा बाधा आउनेछ। स्वास्थ्यप्रति सजग रहनुहोला।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
शुभकार्यको चर्चा चल्नेछ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। धार्मिक यात्रा गर्ने अवसर प्राप्त हुनेछ। परिवारका सदस्यहरूसँग भेटघाट हुनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आँटेको र ताकेको कार्य पुरा होला। रमाइलो यात्राको योग रहेको छ। नयाँ कार्यको योजना बन्ला। अधुरा कार्य पूरा गर्न सहयोग मिल्नेछ।

Logo