थापाथली प्रसूति गृहबाट हराएको शिशु फेला

थापाथली प्रसूति गृहबाट हराएको शिशु फेला

केन्द्रबिन्दु
1.5k
Shares

काठमाडौँ। काठमाडौँ थापाथलीको परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट हराएको शिशु काँडाघारीमा फेला परेको छ। जिल्ला प्रहरी परिसर, काठमाडौँका अनुसार शिशुलाई काठमाडौँको काँडाघारीमा सकुशल फेला पारिएको हो।

शिशु लिएर जाने महिला पनि पक्राउ परेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिए। हिजो दिउँसो प्रसूति गृहबाट २६ दिनको शिशु एक महिलाले लिएर गएकी थिइन्।

सीसी टिभीमा कैद भएको दृश्यमा मास्क लगाएकी महिलाले शिशु लिएर हिँड्दै गरेको देखिएको थियो। शिशु चोरी भएको भन्दै काभ्रे घर भएकी एक महिलाले हिजो जिल्ला प्रहरी परिसर काठमाडौँमा उजुरी दिएका थिइन्।

उजुरीकर्ता ओपिडी जाँचका लागि थापाथली अस्पताल पुगेकी थिइन्। त्यसबेला ती महिलाले केहीबेर खेलाउने भनेर बोकेको र लगत्तै शिशुलाई लिएर फरार भएको पीडितको भनाइ छ।

Logo