पर्खालले च्यापिएर एक जनाको मृत्यु

पर्खालले च्यापिएर एक जनाको मृत्यु

केन्द्रबिन्दु
112
Shares

मनहरी (मकवानपुर)। खानेपानीको काम गर्ने क्रममा मकवानपुरको हेटौँडामा शुुक्रबार एक जनाको मृत्यु भएको छ।

हेटौँडा उपमहानगरपालिका-५ सिँचाइटोलका रामचन्द्र शर्मा देवकोटाको घरमा खानेपानीको काम गर्ने क्रममा सोही टोलका ४० वर्षीय वसन्त महर्जनको ज्यान गएको हो।

काम गर्दै गर्दा इँटाको पर्खाल ढल्न गई पर्खालले च्यापिएका महर्जनको उपचारको क्रममा मृत्यु भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।

खानेपानीको पाइप जोड्ने क्रममा अचानक इँटाको पर्खालले च्यापिएपछि उनी गम्भीर घाइते भएका थिए । महर्जनको उपचारको क्रममा मृत्यु भएको प्रवक्ता भण्डारीले बताए।

Logo