एम्बुलेन्समा गाँजा ओसारपसार गर्ने पक्राउ

एम्बुलेन्समा गाँजा ओसारपसार गर्ने पक्राउ

केन्द्रबिन्दु
266
Shares

विराटनगर। एम्बुलेन्स दुरुपयोग गरी लागूऔषध गाँजा ओसारपसार गर्ने एक जनालाई प्रहरीले धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटारबाट पक्राउ गरेको छ। त्यसैगरी गाँजा ओसार्ने विराटनगर महानगरपलिका–८ का ४८ वर्षीय जयदेव चेललाई शनिबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले उनको साथबाट ५२ केजी गाँजा पनि बरामद गरेको छ। एम्बुलेन्समा गाँजा ओसारपसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।

धनकुटाबाट धरान आइरहेको मे १ च २०३२ नम्बरको एम्बुलेन्सलाई रोकेर जाँच गर्दा लुकाएको अवस्थामा ५२ केजी गाँजा बरामद भएको थियो। केही दिनअघि पेट्रोलियम पदार्थ बोक्ने ट्यांकरमा लुकाएर ठूलो परिणाममा गाँजा ओसारपसार गरिरहेको अवस्थामा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेको थियो।

Logo