मिटरब्याजपीडित र सरकारबीच आज पनि वार्ता

मिटरब्याजपीडित र सरकारबीच आज पनि वार्ता

केन्द्रबिन्दु
98
Shares

काठमाडौँ। मिटरब्याजपीडित र सरकारबीच सोमबार (आज) पनि वार्ता हुने भएको छ। आज वार्तामा बस्नेगरी आइतबारको वार्ता टुंगिएको थियो ।

सरकार र पीडितबीच बिहान ११ बजेदेखि पुनः वार्ता हुनेछ। आजको वार्तामा पीडितका मागसँग सम्बन्धित निकायका प्रतिनिधिहरूलाई पनि सहभागी गराउने सहमति भएको छ। आइतबार गृह मन्त्रालयमा भएको वार्तामा पीडित पक्षले आफ्ना माग राखेका थिए ।

यसैबीच, पीडितहरूले सडक आन्दोलनलाई निरन्तरता दिने भएका छन्। आइतबार पीडित पक्षले संघर्ष समितिको तर्फबाट अवधेश कुश्वाहाको संयोजकत्वमा वार्ता टोली गठन गरेका थिए । टोलीमा आदित्य राम, मोहन महत्तो, शिव शंकर महत्तो, दामोदर ढकाल, रुक्मिणी चौधरी, सोहन शर्मा, राजाराम यादव र अंकित खनाल सदस्य छन्।

Logo