लघुवित्त पीडितहरू नारा लगाउँदै संसद भवन छिरेपछि तनावः छानबिन गर्न समिति गठन

लघुवित्त पीडितहरू नारा लगाउँदै संसद भवन छिरेपछि तनावः छानबिन गर्न समिति गठन

केन्द्रबिन्दु
112
Shares

लघुवित्त ऋणीहरुले नयाँ बानेश्वरस्थित संसद भवनमै प्रवेश गरेर विरोध प्रदर्शन गरेका छन् । लघुवित्तको ऋण तिर्न नसकेर समस्यामा परेका र पैदल हिँडेर काठमाडौंमा आन्दोलन गर्न आएका ऋणीहरु संसद्को तीन नम्बर गेटबाट भित्र छिरेर विरोध प्रदर्शन गरेका हुन् ।

सरकारले संघीय संसद् वरपरको क्षेत्रलाई निषेधित क्षेत्र तोकेको छ । संसद् भवनभित्र छिर्न पनि कडा जाँच हुन्छ । तर लघुवित्त ऋणीहरुले निषेधति क्षेत्र तोडेर प्रदर्शन गरेसँगै केही प्रदर्शनकारीहरु पक्राउ परेका छन् । यसैक्रममा यस घटनाबारे उपत्यका प्रहरी कार्यालयले छानबिन गर्ने भएको छ । छानबिन गर्न प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीको नेतृत्वमा समिति गठन गरिएको छ । घटनाबारे उपत्यका प्रहरी कार्यालयले छानबिन गर्ने भएको छ । घटनाबारे छानबिन गर्न प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीको नेतृत्वमा समिति गठन गरिएको छ ।

लघुवित्तको ऋण तिर्न नसकेर समस्यामा परेको भन्दै प्रदर्शनकारी पैदल हिँडेरै काठमाडौँ आएका थिए । उनीहरू सिफलमा बसेर केही दिनयता काठमाडौँमा आन्दोलन गर्दै आए पनि आजका लागि कुनै कार्यक्रम तय भएको थिएन । तर, एकाएक उनीहरू रणनीतिक रूपमा आन्दोलनका लागि संसद् भवन छिरेपछि सुरक्षामाथि गम्भीर प्रश्न उठेकाे छ । संसद् पसेपछि उनीहरूले आफूहरू गोली खान पनि तयार रहेको भन्दै सुतेर विरोध जनाएका थिए ।

Logo