गायक तथा संगीतकार भक्तराज आचार्यको निधन

गायक तथा संगीतकार भक्तराज आचार्यको निधन

केन्द्रबिन्दु
224
Shares

वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ । सोमबार अपरान्ह घरमै रहँदा अक्सिजन लेभल घटेपछि ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको हाे । सोमबार ८२ वर्षको उमेरमा उनको निधन भएको हो ।

गत दशैंमा लडेर टाउकोमा चोट लागेको थियो । त्यसपछि उनी घरमै आराम गरिरहेका थिए ।

भक्तराज पिता बलभद्र र मात रेनुकाको कोखबाट सन् १९४२ मा जन्मिएका थिए । भजनशिरोमणिको उपाधि पाएका आचार्य सन् १९७३ देखि ८६ सम्म संगीत साधनामा सक्रिय थिए। भक्तराज सूर सम्राट मानिन्छन् । उनी स्वरसम्राट नारायणगोपालका समकालीन गायक हुन् ।

उनका दुइ सुुपुत्र सत्यराज र स्वरुपराज पनि संगीत साधनामा पिताजीकै पथमा सक्रिय रहेका छन् । मुटु जलिरहेछ, जति चोट दिन्छौं, जहाँ छन् बुध्दका आँखा, हजार सपनाहरुको, माया मेरी साँझ बनि, हजार आँखा हेर्ने, कोही नगरोस् प्रेम, एकदिन जस्ता अमर गीतहरु जनमनमा भिजेका छन्। त्यसैगरी लोकप्रिय भजनहरुमा एक दिन मैले प्रभूसँग, राम यहीँ छन्, भगवान जीवन नाउ, दुर्गे देउ भक्ति मलाई, तन मन वचनले हुन्।

आचार्यको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि भोलि मंगलबार बिहान नेपाल संगीत तथा नाट्य प्रतिष्ठानमा राखिने भएको छ ।

Logo