काठमाडाैँ महानगरले खुलायाे १ सय ४० स्वयमसेवकमा आवेदन

काठमाडाैँ महानगरले खुलायाे १ सय ४० स्वयमसेवकमा आवेदन

केन्द्रबिन्दु
252
Shares

काठमाडाैँ। काठमाडाैँ महानगरपालिकाले १ सय ४० जना महानगर भोलेन्टियर अर्थात शहरी स्वयमसेवकका लागि आवेदन खुलाएको छ।

२४ हप्ताका लागि आवेदन माग भएकोमा आवेदकबाट छनोट भएका स्वयमसेवकले हप्तामा २ दिन समय दिनुपर्छ। यस कार्यक्रमअन्तर्गत १ सय जना बालबालिका र वातावरण स्वयमसेवक ४० जना सम्पदामा युवा र बालबालिका कार्यक्रमका लागि स्वयमसेवक लिन लागिएको हो।

महानगरको सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाका अनुसार बहुपक्षीय साझेदारीमा काम गर्नका लागि यो महत्वपूर्ण प्लेटफर्म हो। यसबाट सहरी वातावरण,हरित र सुन्दर विद्यालय,सम्पदा र पर्यटनका क्षेत्रमा साझेदार र समुदायसँग मिलेर काम गर्नुपन झाको भनाइ छ । यो फाराम आउँदो आइतवार फागुन २० गतेसम्म भर्न सकिनेछ।

Logo