धिमाल समुदायको सांस्कृतिक प्रदर्शनीमा संस्कृतविद् र कलाकारहरु सम्मानित

धिमाल समुदायको सांस्कृतिक प्रदर्शनीमा संस्कृतविद् र कलाकारहरु सम्मानित

केन्द्रबिन्दु
168
Shares

मोरङ। नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको आयोजना र उर्नि तुन्जाई सांस्कृतिक मन्च, केन्द्रीय कार्यसमितिको सह–आयोजनामा मोरङको उर्लाबारी ३ स्थित धिमाल जातीय विकास केन्द्र केन्द्रीय कार्यालय परियोजना स्थलमा धिमाल समुदायको परम्परागत पुख्र्यौली जन्मदेखि मृत्युसम्म गरिने सांस्कृतिक कार्यक्रम भएको छ।

कार्यक्रममा धिमालको संस्कार र संस्कृतिबारे उजागर तथा संरक्षण सम्बर्द्धनमा उल्लेखनीय योगदान गरेका तथा गर्दै आएका संस्कृतिविद् र कलाकारहरुलाई सम्मान गरिएकाे हाे।

जसमा अग्रज तथा संस्कृतविद्हरु कविन्द्र धिमाल, चन्द्रकान्त धिमाल, हरि धिमाल, अम्बर धिमाल, गोलान्धर धिमाल, धनबहादुर धिमाल र टेकबहादुर धिमाल सम्मानित भएका छन् । कार्यक्रममा धिमाल भाषा र कला,संस्कारमा केही मात्रामा भिन्नता रहेको छ। जे भएपनि हामी धिमाल जाती हौँ र सम्बन्धित निकायले पनि यसको लेखाजोखा राख्नुपर्ने माइपारिका अग्रज संस्कृतविद् चन्द्रकान्त धिमालले बताए।

यस्तै उर्लाबारी नगरपालिकाकी उपप्रमुख मिना खतिवडाको प्रमूख आथिथ्यतामा आयोजित् कार्यक्रममा विशिष्ट अतिथिमा सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ देवकुमार चौधरी, उर्लाबारी नगरपालिकाका–३ का वडाध्यक्ष भिष्मराज बुढाथोकी, धिमाल जातीय विकास केन्द्रका अध्यक्ष अम्बर बहादुर धिमाल र अतिथिमा नेपाल चलचित्र महासंघ कोशी प्रदेशका अध्यक्ष अरुण प्रधान, कवि तथा साहित्यकार दिलिप सगर राई, धिमाल जातीय विकास केन्द्र केन्द्रीय सह-अध्यक्ष केदार धिमाल, उर्नि तुन्जाइ सांस्कृतिक मन्चका अध्यक्ष नरसिंह धिमाल, धिमाल जातीय विकास केन्द्रका महासभा सह–अध्यक्ष कविन्द्र धिमाल र बरिस्ठ कलाकार तुन्जाइ सांस्कृतिक मन्चका भुपु अध्यक्ष हरि धिमाल लगायत रहेका थिए। कार्यक्रम उर्नि तुन्जाइ सांस्कृतिक मन्चका सचिब भूमिराज धिमालले सञ्चालन गरेका थिए ।

कार्यक्रममा हरेक जातिले आफ्नो कला, संस्कार, संस्कृति र जातित्व जोगाउन आफैं जागरुक हुन आवश्यक, बाह्रिय मुखि भएमा पहिचान हराउने भन्दै उर्लाबारी नगरपालिकाकी उपप्रमुख मिना खतिवडाले नगरको पहिलो जाति भएकोले नगरले सक्ने साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

Logo