प्रभु बैंकका डेपुटी सिइओ न्यौपाने पक्राउ

प्रभु बैंकका डेपुटी सिइओ न्यौपाने पक्राउ

केन्द्रबिन्दु
182
Shares

काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपानेसहित ११ जनालाई पक्राउ गरेकाे छ ।

नेपाल राष्ट्र बैंकको अनुरोधमा सीआईबीले अनुसन्धान गरेर उनीहरुलाई पक्राउ गरेको हो।उनीहरुलाई तत्कालिन सेञ्चुरी बैंकमा कार्यरत रहँदा कर्जा प्रवाहका क्रममा अनियमितता गरेको आरोप लगाइएको छ।

न्यौपाने यसअघि सेञ्चुरी बैंकको सीईओ थिए। सेञ्चुरी कमर्शियल बैंकपछि प्रभु बैंकमा गाभिएसँगै उनी त्यहाँ ‘सेकेन्ड म्यान’ बनेर रहेका थिए। न्यौपानेभन्दा अघि सेञ्चुरीको सीईओ तुलसीराम गौतम थिए। उनी पनि पक्राउ परेका छन् । उनीहरुको कार्यकालमा कर्जा अपचलन भएकाे आरोप छ।

उनीहरुकाे साथसाथै दीलिप बराल, राजेश भण्डारी, दिपेश प्रधान, रमण श्रेष्ठलगायत पनि पक्राउ परेका छन् ।

Logo