४५ किलो चरेस ओसार्ने ३ जना पक्राउ

४५ किलो चरेस ओसार्ने ३ जना पक्राउ

केन्द्रबिन्दु
126
Shares

काठमाडौं। भिमफेदी गाउँपालिका–२ भैँसेबाट अवैध लागूऔषध चरेस ४५ किलो र बगाँजा करिब ५ किलोसहित ३ जना पक्राउ परेका छन्।

थाहा नगरपालिका–८ आग्रा बस्ने ३० वर्षीय बिमल स्याङतान, कैलाश गाउँपालिका–१ खोलाखर्क बस्ने ५२ वर्षीय चन्द्र बहादुर घलान र भिमफेदी गाउँपालिका–१ किटनी बस्ने ३२ वर्षीय नवराज तामाङ चरेर ओसारपसारमा संलग्न रहेको प्रहरीले जनाएको छ।

त्यसैगरी ३२ किलो गाँजा बोकेर बिक्री गर्न हिँडिरहेका बारा, सिम्रौनगढ नगरपालिका–४ गंगानगरबाट अवैध लागूऔषध गाँजा करिब १५ किलोसहित रौतहट फतुवा विजयपुर नगरपालिका–३ बस्ने ५० वर्षीय रामानन्द साह समेत ३ जना पनि प्रहरी नियन्त्रणमा परेका छन्।

धादिङ, गल्छी गाउँपालिका–७ सिमबजारबाट अवैध लागूऔषध गाँजा करिब १० किलोसहित २ जना पनि पक्राउ परेका छन्। सोलामोदिन शेक र राम्जन आली पक्राउ परेका हुन्।

सर्लाही, लालबन्दी नगरपालिका–१ लखनदेही पुलस्थित सडकबाट ७ किलो बोकेर हिँडिरहेका भारतका छोटु पासवान पनि प्रहरीको नियन्त्रणमा परेका छन्।

Logo