बिजुलीको पोल ढलेर लाग्दा वडासदस्यको मृत्यु

बिजुलीको पोल ढलेर लाग्दा वडासदस्यको मृत्यु

केन्द्रबिन्दु
140
Shares

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका–७ को मानदमारमा बिजुलीको पोल ढलेर लाग्दा स्थानीय वडासदस्यको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही वडाका वडासदस्य ४० वर्षीय रामकुमार तितुङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिइन्।

मङ्गलबार दिउँसो १ः३० बजे आफ्नै घर अगाडि हिँडिरहेको अवस्थामा बिजुलीको पोल एक्कासि ढलेर उनि सख्त घाइते भएपछि उपचारका लागि हेटौँडास्थित चुरेहिल अस्पतालमा लगिएको र त्यहाँ उपचार सम्भव नभएपछि मङ्गलबार अपराह्न भरतपुरस्थित मेडिकल कलेज लगिएको थियो।

उनको उपचारका क्रममा आज बिहान मृत्यु भएको प्रहरी उपरीक्षक भण्डारीले जानकारी दिएकी हुन्। मृतक तितुङको शव हाल सोही अस्पतालमा राखिएको र घटनाका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको उनले जानकारी दिएकी छन्।

Logo