त्रिपालमुनि मिटरब्याजपीडित [तस्विरमा]

त्रिपालमुनि मिटरब्याजपीडित [तस्विरमा]

केन्द्रबिन्दु
70
Shares

काठमाडौं। पूर्वको झापा र पश्चिमको कञ्चनपुरबाट २३ दिन पैदल हिँडेर काठमाडौं आएका मिटरब्याज पीडितहरू एक सातादेखि काठमाडौंमा धर्नारत छन्। कहिले खाली खुट्टाले पैदल हिँडेर मार्च गर्छन्, त कहिले संसद् भवनको दैलो ढकढक्याउँछन्।

आफूहरुले न्याय नपाएसम्म धर्ना र प्रदर्शन गरिरहने उनीहरूको अडान छ। दिनभर सडकमा प्रदर्शन गर्ने उनीहरू हिउँदको जाडाेमा काठमाडौंमा कसरी बसिरहेका छन्? कसैले चासो लिएको छैन। दिउँसो होस् वा राति, भृकुटीमण्डपमा एउटै त्रिपालभित्र चिसो भुँइमा पल्टिएर थकान मेटाइरहेका छन् उनीहरू।

सरकारले पटक पटक समस्या समाधान गर्ने आश्वासन दिएपनि आफूहरूले न्याय पाउने अवस्था नबनेको उनीहरुको भनाइ छ। यसपटक आफूहरुलाई न्याय सुनिश्चित हुने गरी न्यायिक छानविन आयोग गठन गर्नुपर्ने उनीहरूको बटमलाइन छ।

Logo