प्रहरीले हटायो संसद् भवन र सिंहदरबारको फुटपाथमा लगाएको डोरी

प्रहरीले हटायो संसद् भवन र सिंहदरबारको फुटपाथमा लगाएको डोरी

केन्द्रबिन्दु
98
Shares

काठमाडौँ। बानेश्वरस्थित संघीय संसद् भवन, सिंहदरबार र बालुवाटार स्थित प्रधानमन्त्री निवासस्थित फुटपाथको डोरी प्रहरीले हटाएको छ। सर्वसाधारणलाई पैदल हिँड्न समेत निषेध गरेर डोरी टाँगेकोबारे आलोचना भएको थियो। आलोचना पछि प्रहरीले डोरी हटाएको हो।

पर्खालमा निषेधित क्षेत्र र प्रवेश निषेध लेखिएका फ्लेक्स, ब्यानर र पोस्टर टाँसिएका थिए। यसैगरी प्रधानमन्त्री निवास बालुवाटार र सिंहदरबार क्षेत्रमा पनि सर्वसाधारणलाई हिँडडुलमा रोक लगाइएको थियो। प्रधानमन्त्री निवास बालुवाटारको उत्तर र पूर्वतर्फको पैदलमार्गमा प्रवेश निषेध लेखेको ब्यानर टाँगिएको थियो।

बानेश्वर, बालुवाटार र सिंहदरबारको फुटपाथमा टाँगको डोरी हटाइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएकाे छ। फागुन १४ मा निषेधित क्षेत्र तोडेर लघुवित्तका ऋणिहरु संघीय संसद् भवनमा प्रवेश गरेका थिए।

सो घटनापछि प्रहरीले सर्वसाधारणलाई फुटपाथमा हिँड्न पनि रोक लगाएको थियो । संसद् भवन प्रवेश गरेको आरोपमा ४८ जना महिला र एक जना पुरुष थुनामा छन् ।

Logo