छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु

केन्द्रबिन्दु
98
Shares

काठमाडौं। छुट्टाछुट्टै सवारी दुर्घटनामा परि तीन जनाको मृत्यु जनाको मृत्यु भएको छ। कपिलवस्तु, झापा र चितवनमा भएका दुर्घटनामा परि तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

कपिलवस्तुको बुद्धभुमी नगरपालिका–४ मा लुम्बिनी प्रदेश ३ च ४३८३ नम्बरको पिकअपले लुम्बिनी प्रदेश १३ प १८१९ नम्बरको मोटरसाइकललाई बुधबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक कपिलवस्तु नगरपालिका–२ घर भई बुद्धभुमी नगरपालिका–४ बुढ्डी चोक बस्ने ५५ वर्षीय सितल कहारको मृत्यु भएको प्रहरीले जनाएको छ।

पिकअप चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। त्यस्तै, झापाको मेचिनगर नगरपालिका–४ कालिखोलास्थित सडकमा साईकलबाट लडेर साइकलयात्री सोही नगरपालिका–५ बस्ने ५० वर्षीय काले कुमालको बुधबार साँझ मृत्यु भएको छ।

लडेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल भद्रपुरमा उपचारको क्रममा मृत्यु भएको हो। त्यसैगरि उता चितवन, रत्ननगर नगरपालिका–९ स्थित सडकमा प्रदेश २–०३–००१ ख ६९९६ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरूषको गएरातिमृत्यु भएको छ। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

Logo