सशस्त्र प्रहरीमा ११ चिकित्सकसहित प्राविधिक पदमा दरखास्त आह्वान

सशस्त्र प्रहरीमा ११ चिकित्सकसहित प्राविधिक पदमा दरखास्त आह्वान

केन्द्रबिन्दु
140
Shares

काठमाडौं। सशस्त्र प्रहरी बलले ११ जना चिकित्सकसहित स्वास्थ्यतर्फका विभिन्न पदहरूमा दरखास्त आह्वान गरेको छ। रिक्त रहेका प्राविधिक पदहरूमा शुक्रबार सार्वजनिक सूचना जारी गर्दै सशस्त्रले दरखास्त आह्वान गरेको हो।

प्राविधिक समूहतर्फ नायव निरीक्षकदेखि प्रहरी निरीक्षकसम्मका लागि खुला प्रतियोगितामार्फत पदपुर्ति गर्न दरखास्त आह्वान गरिएको छ।

जसअनुसार चिकित्सक ११ जना, बीडीएस ३ जना, स्टाफ नर्स ५ जना, ल्याब टेक्निसियन २ जना, साइकोथेरापिस्ट १ र रेडियोग्राफर २ जनाका लागि दरखास्त आह्वान भएको छ। शस्त्रले योग्यता पुगेका नेपाली नागरिकले चैत १८ गतेसम्म अनलाइनमार्फत दरखास्त दिन सक्ने जनाएको छ।

Logo