मौसम पूर्वानुमानः आइतबारसम्म काठमाडौंसहित पहाडी क्षेत्रमा चट्याङ र असिनापानी, तराईमा हल्का वर्षा

मौसम पूर्वानुमानः आइतबारसम्म काठमाडौंसहित पहाडी क्षेत्रमा चट्याङ र असिनापानी, तराईमा हल्का वर्षा

केन्द्रबिन्दु
224
Shares

काठमाडौं। पश्चिमी वायुको प्रभावका कारण आगामी आइतबारसम्म काठमाडौं उपत्यकासहित मध्यपहाडी क्षेत्रमा चट्याङसहितको असिना पानी पर्ने सम्भावना रहेको छ।

मौसमविद् डा.विनोद पोखरेलले शनिबार र आइतबार मध्यपहाडी क्षेत्र र काठमाडौं उपत्यकामासमेत चट्याङ र असिनासहितको पानी पर्ने सम्भावना रहेको बताए।

‘शनिबार विहानैदेखि वर्षा हुने र पश्चिमी क्षेत्रमा हिमपात र हल्का वर्षा हुने देखिन्छ। पोखरा र काठमाडौंमा पनि वर्षा हुने देखिन्छ,’ उनले भने। आइतबार पनि पानी पर्न सक्ने र सोमबारदेखि फेरि मौसम सामान्य हुने उनले बताए।

उनका अनुसार यही अवधिमा तराईमा भने हल्का वर्षामात्रै हुनेछ भने पूर्वी तराईमा भने पानी पर्ने सम्भावना कम छ। उच्च पहाडी र हिमाली भेगमा भने हिमपात हुने मौसमविद् पोखरेलले जानकारी दिए।

Logo