टिपरकाे ठक्करले जिपमा सवार तीन जनाको मृत्यु

टिपरकाे ठक्करले जिपमा सवार तीन जनाको मृत्यु

केन्द्रबिन्दु
1.2k
Shares

विराटनगर। मोरङको बेलबारीमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। टिपरले बोलेरो जिपलाई ठक्कर दिँदा बोलेरोमा सवार तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको बेलबारीमा मे १ झ २८५६ नम्बरको बोलेरो जिपलाई प्रदेश ०२- ००१ ख ९६७६ नम्बरको ट्रिपरले ठक्कर दिएको थियो। प्रहरीका अनुसार बोलेरोमा सवार झापाको कमल गाउँपालिका-२ का ५२ वर्षीय यदुकान्त भट्टराई, ४४ वर्षीया दिपा खनाल र ३६ वर्षीय कृष्ण गजुरेलको मृत्यु छ।

मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालका अनुसार बोलेरोमा सवार सोही ठाउँका हरि खनाल र गायत्री भट्टराई घाइते भएका छन्।

उनीहरुको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले प्रहरीले ट्रिपर चालक मोरङको सुन्दरहरैंचा नगरपालिका-७ का २३ वर्षीय चन्द्रबहादुर विकलाई नियन्त्रणमा लिएको जनाएको छ।

Logo