आजको दिन कस्तो छ ? हेर्नुहोस् राशिफल

आजको दिन कस्तो छ ? हेर्नुहोस् राशिफल

केन्द्रबिन्दु
1.2k
Shares

काठमाडाैँ। आज २०८० फागुन १९ शनिबार। २ मार्च २०२४।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज मन खिन्न हुने स्थिति आउनेछ। मानसिक दबाब र तनाव बढेको महसुस हुनेछ। दाम्पत्य जीवनमा मतभेद सिर्जना हुनसक्छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज बन्धुबान्धवबाट सहयोग मिल्नेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ, तर पारिवारिक जीवनमा मतभेद सिर्जना हुनसक्छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज आफन्त र साथीबाट सहयोग मिल्नेछ। कूटनीतिक नियोगको सहयोग मिल्ला। दिनको उत्तरार्धमा स्वास्थ्य बिग्रन सक्छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आफ्नो इच्छानुसार समय बिताउने अवसर जुर्नेछ। आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
विवेक, बुद्धि र समुचित अनुमानका कारण यस पटक सामाजिक सम्मान प्राप्त हुनेछ, तर स्वास्थ्य प्रति सजग रहन आवश्यक छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज रोकिएका काम पुनः सुरु हुन सक्छन्। पेशा र व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ। सामाजिक उपकारको काममा सहभागी भइएला। बौद्धिकताको विकास पनि हुनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज आफन्त वा इष्टमित्रसँग पुनर्मिलनको योग रहेको छ। आज सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ। दाम्पत्य जीवन सुखमय हुनेछ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला। टाउको एवं आँखा दुख्ने तथा रुघा लाग्ने जस्ता समस्याले पनि सताउन सक्छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
पारिवारिक सुख एवं सहयोग मिल्नेछ। आँटेको र ताकेको कार्य पुरा होला। अधुरा कार्य पूरा गर्न आफन्तबाट सहयोग मिल्नेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
जोशजाँगर र हिम्मत बढ्नेछ। धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। सन्तान सुख पनि मिल्ला, तर भ्रमका पछि दौडनु राम्रो होइन।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज शुभकार्यको चर्चा चल्नेछ। नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ। प्रेमीको सहयोग पाइनेछ। विश्वास गरेकाले साथ दिनेछन्।

Logo