काठमाडौं आउँदै गरेको बस त्रिशूलीमा खस्दा ६ जनाको मृत्यु, ३० भन्दा बढी घाइते 

काठमाडौं आउँदै गरेको बस त्रिशूलीमा खस्दा ६ जनाको मृत्यु, ३० भन्दा बढी घाइते 

केन्द्रबिन्दु
294
Shares

काठमाडौं। कपिलवस्तुबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बस त्रिशूली नदीमा खस्दा ६ जनाको मृत्यु भएको छ । आज बिहान ५ बजे बस अनियन्त्रित भई त्रिशुली नदीमा खसेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा ३० भन्दा बढी घाइते भएका छन् ।

नदीमा खसेकामध्ये १३ जनाको सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन सुरक्षा बेस आदमघाटबाट खटिएको टोलीले जिवितै उद्धार गरेको छ । यद्यपि केही भने अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ । उद्धार गरिएका यात्रुहरुलाई उपचारका लागि गजुरी अस्पतालतर्फ पठाएको छ ।

Logo