सिन्धुलीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

सिन्धुलीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

केन्द्रबिन्दु
14
Shares

काठमाडौँ। सिन्धुलीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। साथै, एक जना घाइते भएका छन्। मृत्यु हुनेमा ट्याक्टरमा सवार सिन्धुलीको फिक्कल गाउँपालिका–५ का ३० वर्षीय दिनेश काफ्ले रहेको प्रहरीले जनाएको छ।

कमलामाई नगरपालिका–३ सोलाभन्झ्याङ तुफान डाँडास्थितभित्र सडकमा बुधबार राति ११ बजे प्र२-०३-००१ त४११३ नम्बरको सिमेन्ट र रड बोकेको ट्याक्टर दुर्घटना भएको थियो।

दुर्घटनामा चालक तीन पाटनका गोपाल तोलाङगी र दिनेश काफ्लेको उद्धार गरी जिल्ला अस्पताल पुर्‍याइएको थियो। उनीहरू मध्ये काफ्लेको उपचारका क्रममा बिहीबार आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।

Logo