महाशिवरात्री पर्वः यस्तो छ पशुपति मन्दिर क्षेत्रको ट्राफिक व्यवस्थापन [रुटसहित]

महाशिवरात्री पर्वः यस्तो छ पशुपति मन्दिर क्षेत्रको ट्राफिक व्यवस्थापन [रुटसहित]

केन्द्रबिन्दु
42
Shares

काठमाडौं। महाशिवरात्री पर्वको अवसरमा पशुपति क्षेत्रमा हुने भक्तजनको घुँइचोलाई लक्षित गर्दै प्रहरीले सवारी डाइभर्सन गरेको छ। प्रहरीले महाशिवरात्रीलाई लक्षित गरी ५१३ जना ट्राफिक प्रहरी त्यस क्षेत्रमा खटाएको छ।

गौशाला क्षेत्रतर्फ जाने सवारी साधनलाई चावहिल, पुरानो-बानेश्वर, ज्ञानेश्वर, मैतीदेवीमोड, रातोपुल, सेतोपुल, कालोपुल, सिफलचौर, कुटुवहाल, गौरीघाट र तिलगंगाबाट आवश्यकता अनुसार डाइभर्सन गर्ने व्यवस्था गरेको हो।

त्यसैगरी मालवाहक सवारी साधनहरूलाई भने तीनकुने, जोरपाटी नारायणटार, चुच्चेपाटी, चावहिल, सिनामंगल पुल र बसुन्धाराबाटै डाइभर्सन गरिने भएको छ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता जीवन कुमार श्रेष्ठले गौशाला क्षेत्रमा शुक्रबार गरिने सवारी व्यवस्थापनमा थप सहयोगी भूमिका निर्वाह गर्न सम्पूर्ण चालकलाई आग्रह गरेका छन्।

प्रहरीले सिफलचौरमा दर्शनार्थीहरुका लागि पार्किङको व्यवस्था गरेको छ। त्यस्तै, कोषको कार्यालयमा सरकारी र सुरक्षाकर्मीका सवारी साधनहरु पार्किङ गर्ने व्यवस्था मिलाइएको छ। गुहेश्वरी पारी पनि तिर्थयात्री र दर्शानार्थीहरुले पार्किङ गर्न पाउनेछन्।

Logo