पशुपतिमा दर्शनार्थीको घुइँचो [तस्विरसहित]

पशुपतिमा दर्शनार्थीको घुइँचो [तस्विरसहित]

केन्द्रबिन्दु
70
Shares

काठमाडौं। आज महाशिवरात्री पर्व। पशुपति क्षेत्रमा भक्तजनको विशेष घुँइचो लागेको छ। हरेक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्री पर्वमा भगवान् शिवको पूजा-आराधना गरी देशभर मनाइँदैछ।

पशुपतिनाथमा विहान २ बजेदेखि नै चार वटै ढोका खोलिएका छन्। रातिदेखि लाइनमा बसेका दर्शनार्थीले अहिले धमाधम दर्शन गरिरहेका छन्। शिवरात्रिमा भारतबाट समेत साधुसन्त र तीर्थयात्री आइपुगेका छन्। यसवर्ष २० लाख भक्तजनले पशुपतिको दर्शन गर्ने पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

Logo