भ्यान र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

भ्यान र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

केन्द्रबिन्दु
98
Shares

विराटनगर। धनकुटाको साँगुरीगढी गाउँपालिका-७ मा मंगलबार साँझ दुई सवारी साधन आपसमा ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

दुर्घटनामा दुई जना सिकिस्त घाइते भएका छन्। प्रहरीका अनुसार धरानबाट धनकुटा गइरहेको को १ च ३२८० नम्बरको भ्यान र विपरीत दिशाबाट गइरहेको को ३३ प ८३५७ नम्बरको मोटरसाइकल जुधेका थिए।

दुर्घटनामा मोटरसाइकको पछाडि बसेका धनकुटा, साँगुरीगढी-६ का २५ वर्षीय विवश तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकल चालक स्थानीय २२ वर्षीय अभिषेक राई र भ्यान चालक २८ वर्षीय तुलबहादुर राई घाइते भएका छन्। घाइतेहरुको धरनस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

Logo