कुवेतमा कारको ठक्करबाट तीन जना नेपालीको मृत्यु

कुवेतमा कारको ठक्करबाट तीन जना नेपालीको मृत्यु

केन्द्रबिन्दु
168
Shares

काठमाडौँ। कुवेतमा सडक दुर्घटनामा परी तीन जना नेपालीको मृत्यु भएको छ। मंगलबार बिहान कुवेतको महाबुल्ला क्षेत्रको सी-साइडमा भएको सडक दुर्घटनामा परी एकै कम्पनीमा कार्यरत तीन जनाको मृत्यु भएको हो।

दुर्घटनामा तीन जना नेपालीको मृत्यु भएको त्यहाँस्थित नेपाली दूतावासले पुष्टि गरेको छ । दुर्घटनामा ज्यान गुमाउनेमा लयती पन्चदेवल विनायक-५ आछामका सुरतबहादुर कठायत, सानो भर्याङ्ग, नागार्जून-२ काठमाडौँका सुजन कार्की र वेंगादवार-३ धनुषाका धिरज गुर्मछान मगर रहेका छन्।

मृतकहरू एउटै कम्पनीमा कार्यरत रहेको बुझिएको छ। उनीहरू त्यहाँ रहेको पापाजोन कम्पनीमा कार्यरत थिए। कामबाट कोठामा फर्किन लागेका उनीहरू मंगलबार बिहान सडक छेउमा उभिरहेका बेला हुँकिएर आएको कारले ठक्कर दिएको थियो। उनीहरूको घटनास्थलमै मृत्यु भएको नेपाली दूतावासले जनाएको छ।

Logo