भीरबाट गाडी खस्दा ६ जनाको मृत्यु, ७ घाइते

भीरबाट गाडी खस्दा ६ जनाको मृत्यु, ७ घाइते

केन्द्रबिन्दु
378
Shares

विराटनगर। उदयपुरको बेलकामा आज भएको बोलेरो गाडी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा ७ जना घाइते भएका छन्। मृतकहरुको पहिचान खुलेको छैन।

बेलका नगरपालिका–७, मा रहेको कच्ची सडकबाट भीरमा गाडी खसेको जनाइएको छ। भोजपुरको घोडेटारबाट यात्रुसहित धरान आउँदै गरेको गाडी दुर्घटनामा परेको हो।

कच्ची सडक रहेको उक्त स्थानको भीरबाट गाडी तीन सय मिटरभन्दा तल खसेको प्रहरीले अनुमान गरेको छ। भोजपुरबाट प्रहरी टोली घटनास्थल गएर स्थलगत रुपमा बुझ्ने काम भइरहेको जनाउँदै घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

Logo