काठमाडौं महानगरको ज्यादतीविरुद्ध पत्रकारहरुको अनशन जारी

काठमाडौं महानगरको ज्यादतीविरुद्ध पत्रकारहरुको अनशन जारी

केन्द्रबिन्दु
140
Shares

काठमाडौं। काठमाडौं महानगरपालिकाको ज्यादतीविरुद्ध श्रमजीवी पत्रकार संघ नेपालले बिहीबार तेस्रो दिन पनि रिले अनशन जारी राखेका छन्।

गत फागुन १६ गते राति काठमाडौं महानगर प्रहरी र फुटपाथ व्यवसायीबीचको झडपको क्रममा कुटिएका पत्रकार पदमप्रसाद पोखरेलको न्याय माग गर्दै गत मंगलबारदेखि राष्ट्रिय सभागृह अगाडि धर्ना दिँदै आएका छन्।

संघका अध्यक्ष जन्मदैव जैसीले महानगर प्रहरीको आक्रमणबाट घाईते भएका पत्रकार पदमप्रसाद पोखरेलको उपचार खर्च जफत गरिएको सामाग्री फिर्ता तथा दोषीलाई कारबाहीको माग गर्दै अनशन जारी राखेको बताए।

मेयर बालेन साहलाई पत्रपनि पठाएको बेवास्ता भएपछि बाध्य भएर अनशन बस्नु परेको उनको भनाई छ। ‘काठमाडौं महानगर प्रहरीले बालेन शाहको निर्देशनमा पत्रकार पदमप्रसाद पोखरेलमाथि निर्मम कुटपीट भयो। पत्रकार हुँ भनेर कार्ड देखाउँदा पनि कुटपीट गर्ने, साम्रगीहरु जफत गर्ने, कार्ड पनि खोस्ने गरेको छ। मेयरलाई हामीले पत्रपनि पठायौं। उहाँको तीन दिनसम्म ट्रमा सेन्टरमा भएको उपचार खर्च सामान फिर्ता गर्नुपर्छ। हामीले एक हप्तासम्म कुर्यौँ। जे बचन दिनुभयो त्यो व्यवहारमा नभएपछि हामी बाध्य भएर अनशन बस्नुपरेको छ। आक्रमणमा उत्रिएका प्रहरीलाई महानगरले कारबाही गर्नुपर्छ भन्ने हाम्रो माग छ।’

संघले पत्रकारमाथिको आक्रमण रोक्न, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न, महानगर प्रशासनको दादागिरी अन्त्य गर्न, घाइते पत्रकारको उपचार र जफत सामान फिर्ता गराउनलगायतको माग गरेको छ। माग सम्बोधन नभएसम्म निरन्तर धर्ना दिइरहने संघले जनाएको छ।

Logo