रुसी सेनामा भर्ना भएका थप ७ जना नेपालीको मृत्यु पुष्टि

रुसी सेनामा भर्ना भएका थप ७ जना नेपालीको मृत्यु पुष्टि

केन्द्रबिन्दु
84
Shares

रुसी सेनामा भर्ना भएका थप ७ जना नेपालीको मृत्यु पुष्टि भएको छ ।

बिहीबार परराष्ट्र मन्त्रालयले रुसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धका क्रममा थप ७ जना नेपालीको मृत्यु पुष्टि गरेको हो । ज्यान गुमाउनेमा धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बाग्लुङका जीतबहादुर बिक, बाँकेका सञ्जय केसी र रसुवाका सुन्दर मोक्तान रहेका छन् ।

यसअघि १२ जना नेपालीको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको थियो ।

Logo