दुम्जा डाँडास्थित नेपाल टेलिकमको टावरमा कुकर बम विष्फोट

दुम्जा डाँडास्थित नेपाल टेलिकमको टावरमा कुकर बम विष्फोट

केन्द्रबिन्दु
238
Shares

सिन्धुली। सिन्धुलीको सुनकोशी गाउँपालिका–१ दुम्जा डाँडास्थित नेपाल टेलिकम (एनटिसी)को टावर परिसरमा कुकर बम विष्फोट भएको छ। शुक्रबार बिहान करिब ३ बजेतिर दुम्जा डाँडास्थित बीपी पार्कमा रहेको नेपाल टेलिकमको टावर परिसरमा कुकर बम विष्फोट भएको हो।

विष्फोटबाट टावर परिसरमा रहेको भवनको झ्यालमा सामान्य क्षति भएको तर टेलिकमको टावरमा भने क्षति नभएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएकाे छ।

बम विष्फोटको सूचना पाउनासाथ प्रहरी चौकी कुशेश्वर दुम्जाबाट टोली खटिएको थियो। घटनाको थप अनुसन्धान भइरहेको र विष्फोट गराउने काममा संलग्नहरुको खोजी जारी रहेको प्रहरीले जनाएको छ।

Logo