लागूपदार्थ र नगदसहित चार जना पक्राउ

लागूपदार्थ र नगदसहित चार जना पक्राउ

केन्द्रबिन्दु
84
Shares

विराटनगर। मोरङको सुन्दर हरैँचा नगरपालिका–३ की ३० वर्षीया सुनिता राईलाई खैरो हिरोइनसहित प्रहरीले पक्राउ गरेको छ। उनको घरमा लागूऔषध किनबेच हुने गरेको सूचना पाएपछि प्रहरीले खानतलासी गरेको थियो। त्यस क्रममा उनलाई इलाका प्रहरी बेलबारीको टोलीले हिजो साँझ पक्राउ गरेको हो।

उनको घरबाट १० ग्राम खैरो हिरोइन, साढे ३ किलो गाँजा र करिब ५ लाख ३८ हजार रुपैयाँ, मोबाइल, ढक तराजु बरामद गरिएको प्रहरीले जनाएको छ।

यसैगरी सुन्दरहरैँचा–३ गछियाका २३ वर्षीय प्रज्वल सुवदी र २० वर्षीय आशीष ठाकुरलाई विभिन्न नामका लागूऔषधिसहित प्रहरीले पक्राउ गरेको छ। उनीहरुको साथबाट फेरागन, डाइजेपाम, एभिल, लुपिजेसिक लगायत विभिन्न लागूऔषधि बरामद भएको प्रहरीले जनाएको छ।

यसैगरी २४ वर्षीय संगम आचार्यलाई पनि प्रहरीले विभिन्न नामका लागूऔषधिसहित पक्राउ गरेको छ। पक्राउ परेकाहरुलाई अदालतमा उपस्थित गराएर म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

Logo