बागमती प्रदेश स्तरीय धिमे बाजा प्रतियोगिता हुने

बागमती प्रदेश स्तरीय धिमे बाजा प्रतियोगिता हुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं। नेपालको बहुचर्चित र विशेष गरी नेवाः समुदायको हरेक जात्रा पर्वमा बजाइने धिमे बाजाको संरक्षण तथा प्रवद्र्धन गरी नयाँ युवापुस्तालाई आकर्षण गर्न हेतु “बागमती प्रदेश स्तरीय धिमेबाजा प्रतियागिता ११४४” को आयोजना हुने भएको छ।

शनिबार भक्तपुरको च्वङागणेशस्थित नेवा नःनिमा पत्रकार सम्मेलन गरी केन्द्रीय मानन्धर संघको आयोजना र भक्तपुर जिल्ला मानन्धर युवासंघको संयोजना चैत्र २४ गते धिमे बाजा प्रतियोगिता सञ्चालन गराउन लागिएको मानन्धर संघले जनाएको छ।

प्रतियोगिताका लागि काठमाडौं महानगरपालिकाले आर्थिक लागत साझेदारी गर्ने र प्रतियोगिता भक्तपुरको दत्तात्रय मन्दिर परिसरमा हुने बताइएको छ।

प्रतियोगितामा बागमती प्रदेश भित्रका खलः, पुचः र संस्थाबाट ५० वटा धिमेबाजा समूहको सहभागी गराउने योजना रहेको कार्यक्रमका संयोजक तथा भक्तपुर जिल्ला मानन्धर युवासंघका अध्यक्ष बाबुकाजी मानन्धरले जानकारी दिए ।

प्रतियागितामा प्रथम हुनेलाई २ वटा धिमे, २ जोर भूस्यासहित नगद रु २५ हजार, दोस्रो हुनेलाई १ वटा धिमे, १ जोर भूस्यासहित नगद रु १५ हजार, तेस्रो हुनेलाई १ वटा धिमेसहित नगद रु १० हजारबाट प्रदान गरिने छ भने दशौं स्थान प्राप्त गर्ने प्रत्येक समूहलाई १ जोर भूस्या प्रदान गर्ने गरी व्यवस्था मिलाइएको आयोजकले जानकारी दएको छ।

त्यस्तै प्रतियोगितामा उत्कृष्ट भेषभुषा र बाजाको बोलमा गरिएको हाउभाउको मूल्यांकन गरि उत्कृष्ट पुरस्कारको ब्यवस्था गर्नुका साथै प्रतियोगितामा सहभागी सबै टिमलाई प्रशंसा पत्र प्रदान गरिने छ।

प्रतियोगितामा सहभागी हुने समयसीमा चैत्र १६ गते शुक्रबार सम्म तोकिएको छ। प्रतियोगितामा सहभागी हुन काठमाडौंका लागि केन्द्रीय मानन्धर संघ क्षेत्रपाटी, भक्तपुरको लागि मानन्धर व्यायाम मन्दिर साकोलान, थिमिको लागि टि.भि. प्वाईट शंखधर चोक र बनेपाको लागि वांख्यो दाफा भजन खलः बनेपामा सम्पर्क राखी सहभागी हुन चाहनेले सम्पर्क गर्न सक्नेछन्।

Logo