रोकिराखेको ट्रकसँग बस ठोक्किँदा एक जनाको मृत्यु

रोकिराखेको ट्रकसँग बस ठोक्किँदा एक जनाको मृत्यु

केन्द्रबिन्दु
84
Shares

काठमाडौँ। चितवन-नारायणगढ मुग्लिन सडकको जलबिरेमा बस र ट्रक ठोक्किँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भारत मोतिहारीका ३५ वर्षीय गौरी दासको भएको चितवन प्रहरीले जनाएको छ।

उनी रौतहटको गौरबाट पोखराका लागि जाँदै गरेका थिए। ग १ ख ८५२४ नम्बरको उक्त बस इच्छाकामना गाउँपालिका–६ मा पर्ने जलबिरेमा सडक किनारमा रोकिराखेको ना ६ ख ३५८० नम्बरको ट्रकसँग ठोक्किएको चितवन प्रहरीले जनाएको छ।

अन्य चार जना घाइते छन्। तीन जनाको अवस्था मध्यम र एक जना सामान्य छन्। प्रहरीले बसका चालकलाई नियन्त्रणमा लिएको छ।

Logo