थापाथलीबाट बच्चा चोरी गर्ने महिलालाई धरौटीमा छाड्न आदेश

थापाथलीबाट बच्चा चोरी गर्ने महिलालाई धरौटीमा छाड्न आदेश

केन्द्रबिन्दु
168
Shares

थापाथलीस्थित प्रसूति गृहबाट बच्चा चोरेको आरोपमा पक्राउ परेकी महिलालाई काठमाडौं जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएको छ । अदालतले ती महिलालाई एक लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

फागुन ११ मा दैलेख घर भएकी २४ वर्षीया मनकुमारी सिंहले प्रसूति तथा स्त्रीरोग अस्पतालबाट २६ दिनको बालिका चोरी गरेकी थिइन् । उनले काभ्रेको चौरीदेउराली गाउँपालिका–३ घर भई कपन बस्ने २२ वर्षीया सबिना श्रेष्ठको गरेकी हुन् । प्रहरीले बच्चा चोरेको केही घण्टामै उनलाई काँडाघारीस्थित डेराबाट पक्राउ गरेको थियो ।

उनीविरुद्ध प्रहरीले अपहरण तथा शरीर बन्धक मुद्दामा जाहेरी दर्ता गरेर अनुसन्धान गरेको थियो । यसअघि प्रहरीले सोधपुछका लागी नियन्त्रणमा लिएको उनका पति दैलेखको नौमुले गाउँपालिका–१ घर भएर काठमाडौँ काँडाघारी बस्ने २८ वर्षीय नरेन्द्र मल्ल र दिदी शारदा शाहीलाई थुनामुक्त गरिसकेको छ ।

Skip This
Skip This
Logo