बागलुङमा बस दुर्घटना, ७ जनाको मृत्यु

बागलुङमा बस दुर्घटना, ७ जनाको मृत्यु

केन्द्रबिन्दु
112
Shares

काठमाडौं। रुकुम पूर्वबाट काठमाडौँका लागि छुटेको यात्रुबाहक बस सोमबार साँझ बागलुङको निसीखोला गाउँपालिका–६ को जाउलेपानीमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ। बागमती प्रदेश ०१–००६ ख ३८७९ नं. को रात्रि बस मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको हो।

दुर्घटनाका ३१ घाइतेलाई उद्धार गरेर उपचारार्थ लगिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। बस सडकबाट करिब १ सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ। घटनास्थल बागलुङ सदरमुकामबाट करिब साढे ४ चार घण्टाको दुरीमा पर्छ।

सदरमुकामबाट टाढा भएकाले घाइतेलाई स्थानीय स्वास्थ्य चौकीहरुमा पठाएर अवस्थाअनुसार धौलागिरी अञ्चल अस्पताल लगिएकाे छ।

Logo