ताप्लेजुङ। ताप्लेजुङमा मङ्गलबार आगालागी हुँदा दुई वटा घर जलेका छन्।
मेरिङदेन गाउँपालिकाका हर्कबहादुर पालुवा र सुवास नाल्बुको घरमा आगलागी हुँदा रु १५ लाख बराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।
दुवै घरका नगद , खाद्यान्न, लत्ताकपडालगायत नष्ट भएका छन्। घर नजिकै रहेका दुई वटा गोठ पनि जलेका छन्। जिल्लाका केही वनमा पनि आगो सल्केको छ । बितेका सात दिनमा सात वटा घर जलेकाे उक्त कार्यालयले जनाएको छ।
प्रतिक्रिया