होली खेल्ने तयारीमा हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्

होली खेल्ने तयारीमा हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्

केन्द्रबिन्दु
70
Shares

काठमाडौं। रंगहरुको पर्व होली एकदमै नजिक आइसकेको छ। नेपालमा पहाडी क्षेत्रमा आइतबार र तराईंका क्षेत्रमा सोमबार होली पर्व मनाइन्छ।

होली रंग र खुशीको पर्व हो। सबैलाई एकअर्कामा रङ दल्ने र एकअर्कामा आपसी भाइचाराको पर्वको रुपमा लिइन्छ। तर, कतिपयलाई रङको एलर्जी पनि हुन्छ।

यसैगरी रंगहरूमा पाइने विषाक्त पदार्थहरू तपाईं हाम्रो मुख, नाक, कान आदिमा पर्दा यसले जोखिम पनि हुने भएकाले सभ्य तरिकाले होली पर्व मनाउनका लागि सार्वजनिक अपिल पनि गरिएको छ।

होलीको पूर्वसन्ध्यामा पनि मानिसहरु भेला भएर आगो बाल्ने (होलिका दहन) गर्दछन्। त्यसरी आगो बाल्दा धुवाँका कणका कारण फोक्सोमा असर गर्दा स्वास फेर्न पनि अप्ठेरो हुने गर्छ।

होली खेल्न प्रयोग गरिने कृत्रिम रङ र विशेषगरी सुक्खा रंगमा विषाक्त रसायन र मट्टितेल हुन्छ जसले दमको रोग निम्त्याउन सक्छ। सबै परम्परागत रङहरूमा हानिकारक तत्वहरू हुन्छन् जसले धेरै स्वास्थ्य समस्याहरू निम्त्याउन सक्ने भएकाले ख्याल गर्नका लागि चिकित्सकहरुले पनि अनुरोध गरेका छन्।

होली खेल्दा ध्यान दिनुपर्ने कुराहरु:

१. फेस मास्क लगाउने

दम वा अन्य कुनै रोग लागेका बिरामीले होली खेल्दा अनुहारमा मास्क लगाउनुपर्छ। तपाईंले नाक र मुख छोपिए पनि सास फेर्न सक्ने हुनुपर्छ भन्ने कुरामा ध्यान दिनुहोस्।

२. रङ संग खेल्नु हुँदैन

होली रङको पर्व भए पनि अस्वस्थ मानिसहरुले सावधानी अपनाउनुपर्छ। मानिसहरूले हावामा सुक्खा रङहरू फ्याँकेका हुन्छन्, जसले कहिलेकाहीँ श्वासप्रश्वाससम्बन्धी रोगहरूबाट पीडित मानिसहरूलाई समस्या बनाउँछ। रंगहरूमा पाइने रसायनहरूले हाम्रो नाकको भित्री भागलाई जलन गराउँछ।

बेसार, गुलाब पाउडर, चुकन्दर र अन्य धेरै सामग्रीहरू जस्ता प्राकृतिक विकल्पहरू प्रयोग गरेर होली खेल्ने गर्दा केही हदसम्म यसबाट बच्न पनि सकिन्छ। चिकित्सकहरुले पनि कृत्रिम रंगको सट्टा प्राकृतिक र अर्गानिक रंगले होली खेल्न सुझाव दिने गरेका छन्।

३. जाँड रक्सीको सेवन नगर्नुहोस्

रंगहरुको यो पर्व मनाउन कतिपयले जाँड रक्सीको प्रयोग गर्छन्। जाँड रक्सीको सेवनले यसै पनि स्वास्थ्यमा समस्या गर्ने भएकाले यसको विकल्पमा घरमा बनाएको फलफूल र तरकारीको जुस प्रयोग गर्दा स्वास्थ्यलाई पनि राम्रो गर्छ।

Logo