मोटरसाइकल र ट्रक ठोक्किदा एक जनाको मृत्यु

मोटरसाइकल र ट्रक ठोक्किदा एक जनाको मृत्यु

केन्द्रबिन्दु
238
Shares

चितवन। नारायणगढ-मुग्लिन सडक खण्डमा ट्रक र मोटरसाइकल एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका-२९ का ३२ वर्षीय सोमलाल लामा रहेका छन्।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीका अनुसार वडा नं २९ दासढुङ्गामा आज बिहान ट्रक र मोटरसाइकल एकापसमा ठोक्किएका थिए।

नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना ५ ख ७६४ नम्बरको ट्रक र विपरित दिशाबाट आउँदै गरेको ना ५५ प ८१९९ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका हुन्।

आज बिहान १ः५० बजे भएको दुर्घटनामा परी लामा गम्भीर घाइते भएर उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो। लामाको उपचारका क्रममा मृत्यु भएको हो। ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेका छन्।

Logo