काठमाडौँ। प्रधानसेनापति प्रभुराम शर्माले नव नियुक्त उपसेनानीहरूलाई पदोन्नति भएको दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।
जङ्गी अड्डामा आयोजित एक कार्यक्रमकाबीच प्रधान सेनापति महारथी शर्माले नेपाली सेनाको प्राड सेवा र प्राविधिक सेवा अन्तर्गत स्वास्थ्य समूहमा रिक्त रहेका अधिकृत पदहरूमा खुल्ला तथा समावेशी प्रतिस्पर्धाबाट छनौट भएका प्राड उपसेनानी २ जना र प्राविधिक उप सेनानी(स्वास्थ्य समूह) ५३ जना गरी ५५ जना नव नियुक्त अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।
प्रधानसेनापतिसँगै बलाधिकृत रथी अशोकराज सिग्देल र सैनिक तालिम महानिर्देशक उपरथी सन्तोष कुमार ढकालले पनि नव नियुक्त अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।
प्रतिक्रिया