बस र मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु

बस र मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु

केन्द्रबिन्दु
126
Shares

तुलसीपुर (दाङ)। राजपुर गाउँपालिका-५ जंग्रहवा र नौसहराबीचको कोरियाखोला मोटरसाइकल र बस एक-आपसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ।

शनिबार साँझ गङ्गादीतर्फ जाँदै गरेको रा १ ख २३६० नम्बरको यात्रु बस र पूर्वतर्फ आउँदै गरेको रा ७ प २०७ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किदा राजपुर गाउँपालिका-५ नौसहराका प्रदीप यादव र प्रमोद यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिए।

मोटरसाइकल चालक प्रमोद यादवको घटनास्थलमै र गम्भीर घाइते भएका प्रदीपलाई लमही अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लैजादै गर्दा मृत्यु भएको उनले जानकारी दिए।

Logo