होलीमा जथाभावी रङ्ग दल्ने २ सय ७७ जना पक्राउ

होलीमा जथाभावी रङ्ग दल्ने २ सय ७७ जना पक्राउ

केन्द्रबिन्दु
70
Shares

काठमाडाैँ। प्रहरीले होली पर्व मनाउने क्रममा आइतबार जथाभावी रङ्ग दल्ने तथा होहल्ला गरेको आरोपमा दुई सय ७७ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दुई सय ६२ जना पुरुष र १५ जना महिला रहेका जिल्ला प्रहरी परिसर काठमाडाैँले जनाएकाे छ।

यसैगरी, जिल्ला प्रहरी परिसर काठमाडाैँको टोलीले हिजाे छ सय ६४ वटा गाडीलाई नियन्त्रणमा लिएको जनाएको छ। जसमध्ये चारपाङ्ग्रे छ सय ४९ तथा दुई पाङ्ग्रे १५ वटा रहेका जिल्ला प्रहरी परिसरले जनाएको छ।

जाँडरक्सी खाएर गाडी चलाउने तथा गाडीका कागजपत्र नबोक्ने, हेल्मेट नलगाई माेटरसाइकल, स्कुटर चलाउनेलाई कारबाही गरिएकाे प्रहरीले जनाएको छ ।

Logo