दुर्गा प्रसाईंले बोक्ने हतियारको विषयमा छानबिन गर्न समिति गठन

दुर्गा प्रसाईंले बोक्ने हतियारको विषयमा छानबिन गर्न समिति गठन

केन्द्रबिन्दु
84
Shares

व्यवसायी दुर्गा प्रसाईंले बोक्ने हतियारको विषयमा सरकारले छानबिन समिति गठन गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद्‍ बैठकले व्यवसायी प्रसाईंले बोक्ने हतियारको विषयमा छानबिन गर्न गृह सहसचिव राजेन्द्रदेव पाण्डेको संयोजकत्वमा ४ सदस्यीय छानबिन समिति गठन गरिएको छ।

समितिमा पाण्डेबाहेक गृहमन्त्रालयका उपसचिव ऋषि पौडेल, प्रहरी उपरीक्षक सन्तोष भट्टराई र उपसचिव एकदेव अधिकारी रहेका छन्।

केही दिन अगाडि सर्वोच्च अदालतको परिषरबाट व्यवसायी प्रसाईंका दुई जना बर्डिगार्ड हतियारसहित पक्राउ परेका थिए। उनीहरू पक्राउ परेपछि सर्वोच्चले हतियारबारे छानबिन गर्न सरकारलाई आदेश दिएको थियो। सोही आदेशअनुसार सरकारले छानबिन समिति गठन गरेको हो।

Logo