किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा ४० वर्षिय पुरूष पक्राउ

किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा ४० वर्षिय पुरूष पक्राउ

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । झापामा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ४० वर्षिय पुरूष पक्राउ परेका छन्। पक्राउ पर्नेमा इलाम माई नगरपालिका-६ घरभई हाल बिर्तामोड नगरपालिका-५ मा डेरा गरी बस्दै आएका ४० वर्षीय मेघराज लिम्बू रहेको प्रहरीले जनाएको छ।

उनलाई बिहीबार दिउँसो बिर्तामोड नगरपालिका-४ स्थित् कोहिनुर होटलमा बुधबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाएको हो।

यस्तै, तेह्रथुममा ४५ वर्षिया महिलालाई पनि जबरजस्ती गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा म्याङलुङ नगरपालिका-१० सुसलिङ बस्ने २३ वर्षीय नरेश लिम्बू रहेको प्रहरीले जनाएको हो।

४५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा उनलाई बिहीबार दिउँसो पक्राउ गरेको प्रहरीले जनाएको छ।

Logo