घाँटी रेटेर सौताको हत्या

घाँटी रेटेर सौताको हत्या

केन्द्रबिन्दु
0
Shares

उदयपुर,

पछिल्लो समय हत्या गर्नु मानिसहरुले सामान्य रुपमा लिईरहेको पाईन्छ । अहिले कुनै दिन हत्या नभएका समाचार सुनौं न भन्दा पनि दिनहुँ त्यस्तै समाचार सम्प्रेशन भईरहेका छन् ।

मानिसको मन यति निर्दयी किन बन्दैछ ? यो सबैमा उठ्ने प्रश्न हो । यस्तै उदयपुरमा पनि आईतबार दिउँसो एक महिलाले आफैंले घाँटी रेटेर सौताको हत्या गरेको प्रहरीले जनाएको छ ।

उदयपुरको कटारी नगरपालिका– ४ मरुवाका पदम राईकी ३० वर्षीया जेठी श्रीमती सीता राईले सौता लक्ष्मी राईलाई आफ्नै घरमा बोलाएर चक्कुले घाँटी रेटेर हत्या गरेको खुल्न आएको प्रहरीले बताएको हो । प्रहरीले हत्या आरोपमा सीता राईलाई पक्राउ गरिसकेको छ ।

प्रहरीले हत्यामा प्रयोग भएको चक्कु पखालेर घटनास्थल नजिकै फालिएको अवस्थामा बरामद गरेको जनाएको छ । यसबारे अन्य थप अनुसन्धान भईरहेको छ ।
नेपाल समाचारपत्रबाट

Logo