‘केटी मिलाइदिन’ प्रहरीलाई घूस अफर गर्दा…

‘केटी मिलाइदिन’ प्रहरीलाई घूस अफर गर्दा…

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । केटी मिलाइदिन प्रहरीलाई घूस दिन खोज्ने दुई जना पक्राउ परेका छन् । अनैतिक शारीरिक सम्पर्कका लागि युवती मिलाइदिन प्रहरीलाई घूस दिन खोज्ने रौतहटका वीरेन्द्र चौधरी र रुपन्देहीका चक्रराज पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरु शनिबार राति रत्नपार्कस्थित नेपाल विद्युत प्राधिकरणको विपरीत दिशामा बसेर युवतीको खोजिरहेका थिए । सिंहदरबार वृत्तबाट खटिएको सादा पोशाकका प्रहरीलाई ‘केटी मिलाइदिए एक हजार दिने’ अफर गरेका हुन् ।

राजधानीको मुटु मानिएको रत्नपार्क क्षेत्रलाई अवैध कार्यको आखडा मानिन्छ । साँझतिर रत्नपार्कको बारमा अढेस लगाएर यौनकर्मीहरु ग्राहकको खोजीमा हुन्छन् । प्रहरीले नियमित गस्ति गर्ने गरे पनि उनीहरु प्रहरी आउँदा भाग्ने र फेरि त्यही ठाउँमा गएर ग्राहक खोज्ने गरेको पाईन्छ । जस कारणले पनि रन्तपार्क बदनाम बन्दै गएको छ ।

Logo