दार्चुलामा आफ्नै घरमा आगो लगाएर श्रीमतीको मृत्यु

दार्चुलामा आफ्नै घरमा आगो लगाएर श्रीमतीको मृत्यु

केन्द्रबिन्दु
0
Shares

दार्चुला । दार्चुलामा एक व्यक्तिले आफ्नै घरमा आगो लगाउँदा जलेर श्रीमतीको मृत्यु भएको छ । नौगाडा गाउँपालिका–२, भैंसीमेलामा ३० वर्षीय शेरबहादुर बडालले आफ्नै घरमा आगो लगाउँदा श्रीमती विन्द्रा बडालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानमा शेरबहादुरले मादक पदार्थ सेवन गरेर घरमा आगो लगाएको देखिएको दार्चुला प्रहरी प्रमुख डिएसपी दिपेन्द्र शाहीले जानकारी दिए ।

घरमा उनका बुबा, आमा र ३ जना छोराछोरी बस्दै आएका छन् । उनीहरु भने सकुशल रहेको प्रहरीले जनाएको छ । घटनामा कसरी उनको मात्र ज्यान गयो भन्नेबारे अनुसन्धान थालिएको डिएसपी शाहीको भनाई छ ।

घरमा आगो लगाउन शेरबहादुर प्रहरी नियन्त्रणमा छन् । नियन्त्रणमा लिएका शेरबहादुर परिवारका अन्यसँग पनि सोधपुछ भईरहेकोले घटना हुनुको कारण अहिले यकिन गर्न नसकिने डिएसपी शाहीले बताए ।

Logo